नौगाड गाउँपालिकाको माग,‘कालापानीमा नेपाली सेना चाहियो’

दार्चुलाको नौगाड गाउँपालिकाले भारतले आफ्नो भनेर नक्सा जारी गरेको लिपुलेकमा बाह्रै महिना नेपाली सेना तैनाथ गर्न माग गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा राखेपछि गाउँपालिकाले आपत्ति जनाउँदै सीमा सुरक्षामा बाह्रै महिना नेपाली सेना पठाउन केन्द्र सरकारसँग माग गरेको छ ।

विज्ञप्ति जारी गर्दै गाउँपालिकाले नेपाली भूमी कब्जा गरेर बसेका भारतीय सेनालाई सधैँका लागि हटाउन कुटनीतिक पहल गर्न पनि माग गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जारी गरेको विज्ञप्तिमा ‘भारतले अतिक्रमण गर्दा विवादमा रहेको भूमि तथा राष्ट्रिय स्वाधिनता रक्षा र संरक्षणका लागि नेपाल सरकारबाट तत्काल कुटनीतिक पहल चाल्न माग गर्दछौँ’ भनिएको छ । bizpati बाट

You might also like