काठमाडौं। यही मंसिर १४ गते हुने उप निर्वाचनमा प्रमुख राजनीतिक दलहरुले आफ्नो ध्यान केन्द्रित गरेका छन प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य एक र स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुन गइरहेको छ ।
कास्की–२ मा हुने प्रतिनिधिसभा सदस्यका लागि यतिबेला मुख्य गरी सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र साझा पार्टीका उम्मेद्वारबीच प्रतिश्पर्धा हुने अनुमान छ। तत्कालीन पर्यटन मन्त्री रवीन्द्रं अधिकारीको हेलिकोप्टर दुर्घछनामा परी निधन भएपछि सो क्षेत्रमा नेकपाले रवीन्द्रकी श्रीमती विद्या भट्टराईलाई उम्मेद्वार बनाएको छ भने नेपाली कांग्रेसले पुराना र त्यागी नेताको छवि बनाएका खेमराज पौडेललाई उम्मेद्वार बनाएको छ।
यसैगरी साझा पार्टीले केही समय अगाडि कांग्रेसबाट राजीनामा दिएकी रजकी केसीलाई उम्मेद्वार बनाएको छ। अहिले चुनावी माहोलले पुरानो तातिएको छर्। राजनीतिक दलले राजनीतिक दलले प्रचार प्रसारलाई तीव्र पारेका छन्।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू अधिकांश स्थानमा विजयी भएका थिए भने काँग्रेसका उम्मेदवार १४ स्थानमा विजयी भएका थिए ।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू अधिकांश स्थानमा विजयी भएका थिए भने काँग्रेसका उम्मेदवार १४ स्थानमा विजयी भएका थिए । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश तथा प्रतिनिधिसभामा ६४ र स्थानीय तहमा २७१ गरी कुल ३३७ उम्मेदवार प्रतिस्पर्धामा छन्।
आयोगका अनुसार, कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यसैगरी प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको क्षेत्र नं. १ को (१ क्षेत्र) मा राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९, बागलुङ जिल्लाको क्षेत्र नं. २ को (२ क्षेत्र) मा दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङ जिल्लाको क्षेत्र नं. ३ को (२ क्षेत्र) मा दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
स्थानीय तहको कुल ४८ पदमा २८२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएकोमा शनिबार आयोगले प्रकाशित गरेको अन्तिम नामावलीमा २७३ उम्मेदवार कायम भएका छन्। आचारसंहिता पालना भए नभएको विषयमा हेर्न आयोगले निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा उच्चस्तरीय आचारसंहिता अनुगमन समिति रहेको छ । त्यसले सबैतिरबाट आएका विषयवस्तुलाई सङ्कलन गर्ने, निर्णय गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउनेअधिकारसमेत छ।
आयोगमा अहिलेसम्म आचारसंहिता उल्लंघनको उजुरी परेको छैन। आयोगमा शुक्रबार नेपाली काँग्रेसको उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिका संयोजक रमेश लेखकको नेतृत्वको टोलीले आचारसंहिताको पालना होस् र काँग्रेसले पनि पालना गर्ने प्रतिबद्धता जनाएको छ। टोलीले प्रदेश प्रमुखहरूको बर्खास्तगी तथा नियुक्त निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगको ध्यानाकर्षण गराएको थियो।