काठमाडौं। अभिनेत्री केकी अधिकारीले जाडो सुरु भइसकेको बेला इन्स्टाग्राम तताएकी छिन् । उनले इन्स्टाग्राममा केही बोल्ड तस्पीरहरु शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले क्याप्सनमा ‘गर्मीका पछिल्ला दिनहरु’ भनेर लेखेकी छिन् । उनको क्याप्सन हेर्दै गर्दा अब जाडो सुरु भएकोले यसपछि उनको बोल्ड लुक हेर्न गर्मीसम्म पर्खनुपर्ने संकेत मिलेको छ ।

अभिनयले धेरैको मन जित्न सफल केकी बेलाबेलामा बोल्ड लुकका कारण चर्चामा आइरहन्छिन् । केही समयअघि उनले जिममा वर्कआउट गर्दै गर्दाका केही बोल्ड तस्वीरहरु भाइरल भएका थिए । केकी अभिनित चलचित्र ‘छ माया छपक्कै’ अहिले प्रदर्शन भइरहेको छ ।