प्रधानमन्त्री ओली मिर्गौला फेर्न अमेरिका जादै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण नि’र्विकल्प बनेको हो । प्रत्यारोपणका लागि प्रधानमन्त्रीका निजी चि’कित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् ।“मिर्गौला प्र’त्यारोपणका लागि अमेरिका जाने तयारी भए पनि मिति भने तय भएको छैन,” नेकपाका एक नेताले बताएका छन् । सिङ्गापुरबाट फर्किए पनि प्रधानमन्त्रीको स्वा’स्थ्यमा उल्लेख्य सु’धार देखिएको छैन ।

दुई साताअघि मिर्गौलाले राम्रो कार्य सम्पादन नगर्दा शरीर सुन्निएको थियो । फोक्सोमा समेत पानी जमेको चिकित्सकले बताएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा तीन पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्तुलित रा’ख्न नियमित डायलासिस अथवा प्रत्यारोपण वि’कल्प बनेको थियो । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाएको बालुवाटार स्रोत बताउँछ । “प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाउनुभएको छ । उहाँले मेडिकल समूहसँग पनि आवश्यक परामर्श गरिसक्नुभएको छ,” स्रोतले भन्यो ।

You might also like