धरहराको पहिलो तला बन्यो, अब पन्ध्र-पन्ध्र दिनमा एक-एक तला थपिने !

काठमाडौं। १२ बैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त नौ तले धरहरा पुनर्निर्माणअन्तर्गत अहिले सुन्धारामा २२ तलाको नयाँ धरहरा बनिरहेको छ। २० असोज २०७५ बाट पुनर्निर्माण शुरू गरिएको धरहराको पहिलो तला ढलानको काम स’म्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार निर्धारित २०असोज २०७७ सम्ममा पुनर्निर्माणको काम सक्ने लक्ष्यसहित काम भइरहेको छ। “हामीले पन्ध्र-पन्ध्र दिनमा एक तला ढलान गर्ने योजनाका साथ काम गरिरहेका छौं, अण्डरग्राउन्ड र जगको कामले केही अलमलजस्तो देखिएको हो अब काम रफ्तारमा अगाडि बढ्छ”, मानन्धरले बताए।

नयाँ धरहरा नि’र्माणमा कूल तीन अर्ब आठ करोड रूपैयाँ लाग्नेछ। अहिलेसम्म ६५ करोड रूपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ। नयाँ धरहरा निर्माणको ठेक्का जिआइइटीसी–रमन जेभीलाई दिइएको छ। धरहराको जगमा २०८ वटा पिलर बनाइसकिएको छ। थप ३४ वटा पिलर बन्ने क्रममा छन्। नेपालीको लगानीबाटै धरहरा बनाउन २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरू गरेका थिए। यसका लागि खोलिएको छुट्टै बैंक खातामा प्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीहरूले एक महीनाको तलब योगदान गरेका छन्।

सो कोषमा अहिले करीब २४ करोड रूपैयाँ ज’म्मा भएको छ। त्यसैगरी नेपाल टेलिकमले एक अर्ब रूपैयाँ जम्मा गर्ने प्रतिवद्धता जनाएको छ। विक्रम संवत् १८८२ मा भीमसेन थापाले काठमाडौंको सुन्धारामा ११ तलाको धरहरा निर्माण गरेका थिए। १९९० को भूकम्पले त्यो धरहरामा क्षति पुगेपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले ११ तला झारेर नौ तले बनाए। यसपटक बन्ने नयाँ धरहरा २२ तलाको भूकम्प प्रतिरोधात्मक हुनेछ। पुरानो भत्किएको धरहराको बाँकी संरचना भने त्यहीँ राखिएको छ। नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँ’चामा बनाइँदैछ।

२२ तले धरहराको स्वरूप भने भीमसेन थापाले बनाएको ११ तले धरहराको जस्तै हुनेछ। भित्रबाट २२ तला भए पनि बाहिरबाट भने ११ तला जस्तै देखिनेछ। साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको हुनेछ। धरहरामा पहिलाको जस्तै भर्‍याङसँगै दुईवटा लिफ्ट रहने छन्। त्यसैले अब बन्ने धरहराको मोटाई भने पहिलाको धरहराभन्दा ठूलो हुनेछ। भूकम्पमा भत्किएको धरहराका बाँकी सं’रचनालाई पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिनेछ। २०७२ सालको भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ।

नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको ख’ण्डहर पनि हे’र्न पाऊन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जो’गाउन लागिएको हो। नजिकै रहेको गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको टक्सार भवन भत्काएर सो जग्गा प्राधिकरणको नाममा ल्या’इसकिएको छ। त्यहाँ सङ्ग्रहालय बनाउने योजना छ। धरहराका क्षेत्रमा मनोरम बगैँचा समेत निर्माण गरिने छ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक तीन तले सवारी पार्किङ स्थल पनि बन्ने छ। हाल कायम रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङ स्थल बनाउन लागिएको छ।

You might also like