मासुको भाउ बढाउन ३० लाख चल्ला मारियो !

काठमाडौं । मासुको मुल्य बढाउन नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला मारेको रहस्य खुलेको छ ।ब्रोइलर कुखुरा र कोइलरको मासुको मूल्य बढाउने उदेश्य लिएर संघले चल्ला मा’रेको खुलेको हो । संघले निर्मम तरिकाले खाल्डोमा पुरिएको ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ ।संघका पदाधिकारीले फा’र्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ ।

व्यावसायिक लाभ लिन जिउँदो चल्ला मा’रेको भन्दै किसानहरूले खेद व्यक्त गरेको छ। संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ ।यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढी लगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो। संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन्। यस्तै कतिपय ठाउँमा जि’उँदै पु’रिदिएका छन् ।संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गा’डेको छ। मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला न’ष्ट गरेको संघले जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

You might also like