काठमाडाैं । चर्चित चलचित्र ‘छक्का पन्जा’ सिरिज को चौथो भाग बन्ने भएको छ । ‘छक्का पन्जा ३’ पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो । चलचित्रको निर्माण घोषणासँगै रिलिज मिति पनि तोकिएको छ ।

चलचित्र निर्माण टिमले चलचित्र दसैँको फूलपातीमा रिलिज हुने गरी चलचित्रको निर्माण गर्ने तयारी गर्दै छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टि गरेका छन् ।

दीपकले अन्य ब्यानरसँगको सहकार्यका लागि कुरा अगाडि बढाएको तर तत्काल सहकार्य हुन नसके पछि आफ्नै सिरिज लाई निरन्तरता दिने बताए । आगामी वर्षको दसैँमा पनि नेपाली चलचित्रबिच ठुलो भिडन्त हुने देखिएको छ ।