नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ।मंगलबार सुन तोलामा ५ सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। चाँदी तोलाको ९२० रुपैयाँमा कारोबार भइरहेको छ। सुन चाँदी महासंघका अनुसार इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ लगातार बढेको हो ।
सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको पुग्यो ७७ हजार
You might also like