दोलखामा बनतरुल खन्ने क्रममा एक बृद्धको मृत्यु

काठमाडाै । बनतरुल खन्ने क्रममा दाेलखामा एक बृद्धको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ डोक्थलीका ८० वर्षिया बिर बहादुर थामीको वनतरुल खन्ने खाल्टोमा माथिबाट खसेको ढुङगाले थिचेर मृत्यु भएको हो ।
वृद्ध थामी हिजो तरुल खन्न भनि करिव २ बजे घर देखी एक किलोमिटर टाढा डोक्थली जंगल जानु भएको थियो । जंगल जानुभएका थामी राति अवेर सम्म घर नफर्किएपछि परिवारजनले खोजी गरेका थिए । थामीलाई आज दिउँसो करिव १२ बजे ढुंगाले थिचेर मृत अवस्थामा वृद्धका भतिज डबल थामीले देख्नुभएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागी चरिकोट स्थित शव गृहमा राखीएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रुक्सा बज्रचार्यले जानकारी दिनुभयो ।

You might also like