पछिल्लो २४ घण्टामा नेपालमा ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ सय ६० पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
नयाँ संक्रमितहरु दाङका ५४, रौटहटमा ५१, सुर्खेतका ४० दैलेखका २९ रुपन्देहीका २६ मोरङ, रौटहट र धादिङका २५/२५, डडेलधुराका २४, कञ्चनपुरमा २०, पर्सा र पाल्पाका १७/१७ जना रहेका छन् । यस्तै कैलालीमा १२, सप्तरीमा १०, बारामा ९, गुल्मीमा ८, सर्लाहीमा ६ बझाङमा ५, बर्दिया र बाँके र डोटीमा ३/३, रामेछाप, रुकुम पश्चिममा, प्युठान, नवलपरासी पूर्व र नवलापरासी पश्चिममा २/२ र सिन्धुली, सुनसरी, झापा र धनुषाका १/१ जनमामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । गुल्मीका ३६ वर्षीय युवकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको उहाँले बताउनुभयो । हालसम्म नेपालमा पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ परीक्षणहरु गरिएका उहाँले बताउनुभयो । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४३ हजार ६४१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४६७ जना रहेको मन्त्रालयले जनाएको छ ।००००

You might also like