नेपाली भूमि डुबानमा परेकोबारे सरकारले भारतसँग वार्ता गर्ने

नेपालले सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ ।

वर्षेनी सीमा क्षेत्रमा भारतद्धारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको र ठूलो जनधनको क्षति भएकाले नेपालले डुबान समस्या समाधानका लागि भारतीय पक्षसँग वार्ता गर्ने तयारी गरेको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल–भारत संयुक्त समिति (जे.सी.आइ.एफ.एम) को बैठक तत्काल बोलाउन मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । त्यसका लागि भारतीय पक्ष सँग सम्पर्क गर्न उहाँले निर्दशन दिनुभयो । दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालको तर्फबाट सिंचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले गर्नु हुनेछ ।

You might also like