पाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
सुनको मुल्य एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ । यस्तै चाँदी पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ९४ हजार कायम गरेको छ । हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मुल्य ९३ हजार ५ सय ६० पुगेको छ ।
चाँदीको मुल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो तोलाको एक हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।