बेलायतलाई चीनले भन्यो- हङकङका नागरिकलाई नागरिकता दिने निर्णय अन्तर्राष्ट्रिय कानुन विपरीत छ

बेलायतको हङकङका नागरिकलाई नागरिकता दिने नयाँ नीति अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको चीनले जनाएको छ।
सो नीतिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने उसको भनाइ छ।
लन्डनमा रहेको चिनियाँ दूतावासले बिहीबार यस्तो प्रतिक्रिया दिएको हो।
चीनले विश्वको आर्थिक राजधानी मानिने हङकङमा जुलाई १ बाट नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि पछिल्लो समय अमेरिकासहितका पश्चिमा राष्ट्रसँग चीनको सम्बन्धमा अमिलोपना आएको छ।

बेलायतकी आन्तरिक मामिला मन्त्री प्रीति पटेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बेलायतको नेशनल ओभरसिज भिषा भएका हङकङका नागरिकले आगामी वर्षको जनवरीबाट नागरिकता लागि आवेदन दिनसक्ने घोषणा गरेपछि चीनले आपत्ति प्रकट गरेको हो।
आफ्नो वेबसाइटमा एक विज्ञप्ति सार्वजनिक गर्दै दूतावासले बेइजिङले यसको कडा प्रतिक्रिया दिने जनाएको छ। योसँगै उसले बेलायतलाई आफ्नो त्रुटि शीघ्र सच्याउन पनि भनेको छ।

You might also like