दैनिक १८ हजार बढीको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको सरकारको भनाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक १८ हजार भन्दा बढीको कोभिड १९ परीक्षण गर्न सक्ने क्षमता रहेको जनाएको छ ।

आज नियमित कोराना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हाल दैनिक १८ हजार १ सय ६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने क्षमता प्रयोगशालाहरुको रहेको बताउनु भएको हो । उहाँले अनुहार हेरेर कोरोना संक्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क हुन समेत सर्वसाधणलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा अहिले पनि दिनहुँ कोरोना संक्रमित बढिरहेकोले जोखिम कायमै रहेको बताउनुभयो ।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा ८ सहित थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतममले जानकारी दिनुभयो । योसँगै कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० रहेको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएर घर फर्कनेको संख्या १३ हजार १ सय २८ पुगेको उहाँले बताउनुभयो । यो कुल संक्रमितको ७५ प्रतिशत हो । नेपालमा हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रमणबाट ४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।०००

You might also like