काठमाडौँको कमलादीबाट बरामद सुन आधा किलो मात्र सक्कली

काठमाडौं । प्रहरीले काठमाडौँको कमलादीबाट बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली भएको पाइएको छ ।

बरामद गरिएको सुन परीक्षण गर्दा साढे १४ किलो चाँदीमा बाहिरबाट सुनको लेपन गरिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । आज प्रहरीले शंकास्पद व्यक्तिको पिछा गर्दै जाँदा सुनजस्तै देखिने १५ किलो वस्तु र दुई पेस्तोल बरामद गरेको थियो ।

प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरु झोला छोडेर भागेको प्रहरीले जनाएको छ । स्कारपियो गाडीमा रहेको तस्करको समूहलाई प्रहरीले पिछा गर्ने क्रममा नविल बैंक अगाडि आएपछि उक्त झोला फालेर गाडी सुन्धारातिर मोडिएको प्रहरीको दाबी छ । उक्त गाडीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

You might also like