‘एसिड’ आक्रमणका कारण राजधानीको चुच्चेपाटीमा , आमाछोरी घाइते

काठमाडौं । राजधानीको चुच्चेपाटीमा दुई जनामाथि ‘एसिड’ छ्यापिएको खबर छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
गत साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो ।

You might also like