एजेन्सी कोरोना खोपःअक्सफोर्डले एक जना सहभागी विरामी भएपछि परीक्षण रोक्यो

कोरोना खोपको तेश्रो चरणको परीक्षण गरिरहेको अक्सफोर्ड विश्व विद्यालयले परीक्षणमा सहभागी एक जना विरामी भएपछि परीक्षण रोकेको बिबिसीले जनाएको छ।
उसले अब के कारणले व्यक्ति विरामी भएको हो पत्ता लगाउने छ अक्सफोर्डले यो खोप एस्ट्राजेनेसँग मिलेर निर्माण गरिरहेको छ।
एस्ट्राजेनेले यसलाई नियमित रोक भनेको छ। उसले परीक्षणमा सामेल व्यक्ति विरामी हुनुको कारण पत्ता नलागेको जनाएको छ।
हाल विश्वमा करिब एक दर्जन स्थानमा कोरोना भाइरस विरूद्धको खोपको परीक्षण चलिरहेको छ। विज्ञहरूले यस दौडमा अक्सफोर्ड सबैभन्दा अगाडि रहेको बताउँदै आएका छन्।
अक्सफोर्डको यो खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ र बजारमा यो खोप नै सबैभन्दा पहिला आउने अनुमान गरिदैं आइएको छ।
खोपको तेश्रो चरणको परीक्षणमा हजारौं मानिसहरूको सहभागिता रहनेगर्छ भने कतिपय अवस्थामा यसमा कयौं वर्ष पनि लाग्ने गरेको छ।
कोरोना खोपको तेश्रो चरणको परीक्षणमा करिब ३० हजार मानिसले सहभागिता जनाएका छन्।
बिबिसीका मेडिकल संपादकका अनुसार हाल संसारभर जारी रहेको परीक्षण रोकिएको छ। उनका अनुसार अब स्वतन्त्र जाँच हुनेछ र खोपको सुरक्षा मानकको समीक्षा गरिनेछ। त्यसपछि निमायकहरूले परीक्षण पुनः सुरू गर्ने या नगर्नेबारेमा निर्णय लिनेछन्।
‘यस्ता ठूलो परीक्षणमा सहभागीहरू विरामी हुने पूरै सम्भावना हुन्छ तर यसको ध्यानपूर्वक जाँच गर्नका लागि स्वतन्त्र पुनःपरीक्षण एकदमै आवश्यक हुन्छ’, अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले भने।
अक्सफोर्डले कोरोना भाइरसको परीक्षण रोकेको यो दोश्रो पटक हो।
ठूलो मात्रामा गरिने परीक्षणमा यस्तो हुनु सामान्य हो र परीक्षणमा सहभागी कोही विरामी भएमा सो व्यक्ति विरामी हुनुको कारण तुरून्तै थाहा हुँदैन जसका कारण परीक्षणलाई रोकिन्छ।

केही दिनमा पुनः परीक्षण सुरू हुने ठानिएको छ।

You might also like