झापा गौरादहमा आफ्नै घरको खाटमुनि हात बाँधिएको अवस्थामा एक महिलाको शव फेला

गौरादह नगरपालिका-१ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा आफु सुत्ने खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी राकेश थापाले जानकारी दिए।
सोमबार दिउँसो साढे ४ बजे घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
‘घरमै मृत अवस्थामा वृद्धाको शव फेला परेको छ,’डिएसपी थापाले भने,’उनको हात बाँधिएको अवस्थामा शव फेला परेको हो।’
उनका अनुसार भण्डारीको टाउकोमा समेत चोटपटक लागेको छ।
‘उनको टाउकोबाट पनि धेरै रगत बगेको देखिञ्छ ,’उनले भने।
उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ।
डिएसपी थापाका अनुसार अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्। घटनाबारे बुझ्न एसपीसहितको टोली घटनास्थलमा पुगेको छ।स्थानीयका अनुसार घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर समेत प्रयोगगरि अनुसन्धान गरिरहेको देखिएको जनाएका छन्।

You might also like