धरानमा २८ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ। सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ। योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। रास

You might also like