महिला सांसदहरुले जघन्य अपराधमा संलग्नलाई कारबाही गर्न कडा कानुन बनाउनेबारे छलफल चलाउने

लैङ्गिक न्याय सरोकार कार्यदलले बालिका बलात्कार, हत्या, महिला हिंसा जस्ता जघन्य अपराध न्यूनीकरणका लागि कडा कानुन बनाउनेबारे छलफल चलाउने भएका छन ।यसबारे प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई कार्यदलले आज जानकारी गराएको हो।
संघीय संसदका महिला सांसद सहभागी कार्यदलले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेर जानकारी गराएको हो।
विभिन्न देशमा अभ्यासमा रहेको मृत्युदण्ड, केमिकल क्यास्टेसन, आजीवन जन्म कैद, श्रम शिविर बारेमा छलफल र बहस अभियान अगाडि बढाउन सभामुख र अध्यक्ष सकारात्मक रहेको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावलले बताइन्। उनले अब संसदका विभिन्न फोरमहरुमा यसबारे वहस चलाउने बताइन्।

कार्यदलले आगामी आइतबार संसदीय दलका उपनेता, मुख्य र प्रमुख सचेतहरु तथा सबै समितिका सभापतिसहितको बैठक आयाेजना गरेकाे रावलले बताइन्।

You might also like