क्वालिटी अफिसरम्याद गुज्रेका सामानमा नयाँ मिति राख्ने गोदाममा थिए

प्रहरीले क्वालिटी अफिसरसहित चार जनालाई म्याद गुज्रेका सामानमा नयाँ मिति हालेर बेच्ने क्रममा पक्राउ गरेको छ।
आइतबार महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीस्थित एएसटी प्रालिको गोदाममा छापा मारेको थियो।
त्यहाँबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उक्त गोदाममा म्याद गुज्रेका पाउरोटी बनाउने पिठो, केकमा हाल्ने चेरी, चकलेटलगायत सामानमा नयाँ डेट हाल्ने गरेको गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा गोदामका प्रमुख भारतीय नागरिक ५२ वर्षीय अनिल बंका, कञ्चनपुरका २४ वर्षीय आनन्द अवस्ती, २६ वर्षीय रस्मिता श्रेष्ठ र विनोद ओझा छन्।
गोदाममा अवस्ती अकाउन्टेन्ट, श्रेष्ठ क्वालिटी अफिसर र ओझा स्टोरकिपर भएको वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिए।

You might also like