बर्षाका कारण वेस्टइन्डिज र दक्षिण अफ्रीकाबीचको खेल रद्ध

बर्षाका कारण वेस्टइन्डिज र दक्षिण अफ्रीकाबीचको खेल रद्ध

काठमाडौं। बर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीका र वेस्टइन्डिजबीचको खेल रद्ध भएको छ । ७ ओभरदेखि नै सुरु भएको वर्षा करिब ५ घण्टासम्म नरोकिएपछि खेल रद्द गरिएको हो ।

टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ७.३ ओभरमा २९ रन जोडेको थियो । खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक बाडेंका छन् । वेस्ट इन्डिज ३ खेलमा १ मा जित १ मा हारका साथ ३ अंक जोड्दै पाँचौ स्थानमा छ । वेस्ट इन्डिजले आफ्नो चौथो खेल आगमी शुक्रबार इंग्ल्यान्डको सामना गर्ने छ ।

त्यस्तै ४ खेलमा ३ मा हार सहित १ अंक जोड्दै नवौं स्थानमा रहेको दक्षिण अफ्रिकाले आफ्नो पाँचौ खेल शनिबार अफगानिस्तानसँग खेल्ने भएको छ । अफगानिस्तान अन्तिम स्थानमा छ ।

You might also like