एमबाप्पेको गोलसँगै फ्रान्स विजयी

एमबाप्पेको गोलसँगै फ्रान्स विजयी

काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेले गोल गरेसँगै विश्वविजेता फ्रान्सले एन्डोरामाथि ४–० को जित निकालेको छ । फ्रान्सको जितमा केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले गोल गरे ।

मंगलबार राति एन्डोरामा भएको खेलमा ११ औ मिनेटमा टोलीलाई अग्रता दिलाएका एमबाप्पेले करीअरको सय गोल पुरा गर्दा ३० औं मिनेटमा इडरले अग्रता २–० मा पुयाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा थाउभिनले टोलीको अग्रता ३–० मा तथा ६० औ मिनेटमा जुमाले चौथो गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

जितसँगै फ्रान्स समूह ‘एच’ मा ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ९ अंक भएपनि फ्रान्सले टर्की र आइसल्यान्डलाई गोलअन्तरमा पछि पारेको हो । एन्डोराले अंक जोड् सकेको छैन ।

You might also like