आइफा अवार्ड गर्ने निर्णयबाट पछि हट्यो सरकार

इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ। सरकारले नै निर्णय गरेर आयोजनाको संयोजन गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले तत्काल सबै तयारी रोक्ने निष्कर्षमा पुगेको जानकारी दिए।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो। समितिको त्यही निर्देशन र जनभावनाको कदर गर्दै अवार्ड समारोहका लागि सुरू भएका सबै तयारी रोकिने जोशीले बताए।

गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए। अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो।

 

You might also like