प्रयोगशालाको कारण तरकारी परीक्षण गर्न सकिएन : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको जानकारी दिए ।

You might also like