काभ्रेको बनेपामा सिरिन्ज आक्रमण गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । ति युवक बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाए हुन् । पक्राउ परेका युवक स्याङ्जाको वालिङ नगरपालिका–१३ का शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ।
उनलाई नजिकबाट चिन्ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी शान्त स्वभावका व्यक्ति हुन्। प्रहरी चौकीमा राखिएका उनले आफु त्यस्त कुनै घटनामा संलग्ननभएको बताएका छन्। सिरिन्ज आक्रमण गर्न खोज्दा खोज्दै युवक पक्राउ परेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । स्थानीयले कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बनेपा नै घेराउ गरेका छन् ।सिरिन्ज आक्रमण गर्न खोज्ने युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाकारी दिएको छ ।