छवि–शिल्पाको सम्वन्धमा खटपट, ओझा विरुद्ध शिल्पाले दिइन घरेलु हिंसाको उजुरी

अभिनेत्री रेखा थापासँग एक दशकको सम्वन्धलाई पुर्णविराम दिएर एक्लो जिवन बिताइरहेका निर्माता छविराज ओझाले केहि समयपछि अर्की सुन्दर अभिनेत्री शिल्पा पोखरेललाई श्रीमती बनाए।

शिल्पासँग २०७३ तिरको दशैंमा सुटुक्क बिहे गरेका थिए, छविराजले । यद्यपी उनिहरुले उक्त सम्बन्धलाई लुकाइरहेका थिए । छविराजकै पुर्वपत्नी रेखा थापाले छविराजले विहे गरेको तर खुलासा नगरेको बताएपछि उनिहरुको बिहे भएको खबर एकाएक भाइरल भएको थियो ।

खटपट बढ्यो

उनिहरुले आफुहरुको सम्बन्धमा खटपट नरहेको संकेत गरिरहेपनि शिल्पा र छविराजबिच पछिल्लो समय खासै राम्रो सम्वन्ध नरहेको उनिहरु निकट व्यक्तीहरुको भनाई छ । पुतलीसडक–दरवारमार्ग लगायतका स्थानमा कफिको स्वादमा शिल्पाले यो सम्बन्धमा खासै मिठास नरहेको बताउँदै आएकी छिन् । उता छविराज आफ्ना बुढ्यौली साथिभाईहरुसँग पहिले जस्तो खासै नखुल्ने गरेको बताइन्छ ।

शिल्पाले मागिन् डिभोर्स

शिल्पा पोखरेलले सम्वन्धमा राम्रो हुन नसकेपछि छविसँग डिभोर्स मागेको चर्चा चल्न थालेको छ । उनिहरुका अति निकट व्यक्तीहरुका अनुसार यो सम्वन्ध कुनै हालतमा अगाडी बढ्ने वाला छैन । शिल्पाले पछिल्लो केहि समयदेखि छविसँग डिभोर्स मागिरहेकी छिन् तर छविले दिन खोजिरहेका छैनन् ।

ओझा विरुद्ध घरेलु हिंसाको उजुरी

निर्माता छविराज ओझा विरूद्ध पत्नी शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएको चर्चा चलेको छ । शिल्पाले काठमाडौं प्रहरी परिसरमा ३ दिनअघि घरेलु हिंसाको उजुरी दिएको खवर सार्वजनिक भएको छ । उजुरीको विषयमा प्रहरीले छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसोका लागि परिसर बोलाइएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि चलचित्र निर्माणमा व्यस्त पुराना निर्माता छविराजले  शिल्पालाई चलचित्र ‘लज्जा’ बाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा निर्माण भएको चलचित्र मंगलम, हवल्दार सुन्तली लगायतमा काम गरेकी छिन् ।

चलचित्रमा आउनुअघि शिल्पा म्युजिक भिडियोमा जमेकी थिइन् तर, चलचित्रमा आएपछि उनले सोचेजस्तो नभएको शिल्पाले केहि समय अघि संकेत गरेकी थिइन् । शिल्पा छविको चौथो श्रीमतीको रुपमा घर भित्रीएकी थिइन् । अब उनिहरुको यात्रा कसरी अगाडि बढ्छ त्यो भने हेर्न बाँकी छ ।

http://bit.ly/2NKRHtZ

You might also like