भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा !

काठमाडौँ/ भारतलाई १९ रनले पराजित गरी न्युजिल्यान्ड एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको । उपाधिका लागि न्युजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ ।

म्यान्चेस्टरको ओल्ड ट्राफोट मैदानमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष क्रम ध्वस्त हुँदा २ सय २१ रनमै अलआउट भयो । पछिल्लो खेलमा शतक प्रहार गरेका भारतीय ओपनरहरु लोकेस राहुल र रोहित शर्मा समान १ रनमै आउट भएका थिए ।
कप्तान विराट कोहलीले पनि १ रनमात्र बनाउन सके । दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को स्थितिमा पुगिसकेको थियो ।
You might also like