काठमाण्डौको मूलपानीमा पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौको मूलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

मूलपानीको बाबाचोकको नजिक पर्खाल भत्किँदा एक गर्भवतीसहित ३ जनाको ज्यान गएको छ । पर्खाल भत्किएर घाइते भएका उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराका देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती ३० वर्षीया  नितु यादव र १३  वर्षीय कुन्दन यादवको ज्यान गएको हो ।

You might also like